बीपीएल : सन्दीप विकेटविहीन तर सिक्सर्स विजयी

बंगलादेश प्रिमियर लिगमा नेपाली युवा बलर सन्दीप लामिछाने खेलिरहेका छन् ।

स्यलहेट सिक्सर्समा आबद्ध सन्दीपले आज चित्तागोङ भाइकिङ्सबिरुद्ध दोस्रो खेलमा सहभागी भएका छन् ।

पहिलो खेलमा दुई विकेट लिएका सन्दीप दोस्रो खेलमा भने विकेटविहीन रहे ।

यद्यपि, उनले विपक्षीको रनको गति भने रोक्न सफल भए । ४ ओभर बलिङ गरेका सन्दीपले ५.२५ को औसतमा २१ रन मात्र खर्चिए ।

सन्दीपले विकेट लिन नसकेपनि सिक्सर्स खेलमा विजयी रह्यो । प्रतियोगितामा टोलीको पहिलो जीत हो ।

आजको खेलमा सिक्सर्सले भाइकिङ्सलाई ५ रनले पराजित गर्यो ।

पहिलो ब्याटिङ गर्दै सिक्सर्सले ५ विकेटको क्षतिमा १ सय ६८ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको भाइकिङ्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ६३ रन मात्र बनायो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार