नेपालका धेरै जसाे मेनपावर भटाभट हुदैछन बन्द , किन हाेला ?

काठमाडौं/ सरकारले मलेसियालगातका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अवस्थामा पुगेका छन् ।
मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुस्किलले २ दर्जन कम्पनी मात्र सञ्चालन खर्च धान्न सक्ने अवस्थामा देखिएका छन् ।

सरकारले वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि भन्दै शुरु गरेको विभिन्न प्रावधानका कारण वैदेशिक रोजगारीको क्षेत्र सुस्त बन्दै गएको छ । यसैको प्रभावस्वरुप मुलुकबाट वैदेशिक रोजगारीमा जाने कामदार मात्रै घटेका छैनन्, स्थानीय म्यानपावर एजेन्सीहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् ।

सरकारले भने म्यानपावर कम्पनीको संख्या बढी भएको भन्दै विभिन्न प्रावधान ल्याएर कडाइ गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा मुलुकका १ हजार ८१ म्यानपावर कम्पनीमध्ये आधाभन्दा कम म्यानपावरले एक सयभन्दा बढी कामदारलाई विदेश पठाउन नसकेको पाइएको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार