यस कारण अहिले सुनसान छ, ‘कान्छी नेपाल’

डोटी/ शैलेश्वरी मन्दिरको उत्तर दक्षिण लहरै फैलिएको सिलगढी बजार सुनसान छ । चिटिक्क परेका नेवारी घरका मूल ढोकामा ताल्चा झुण्डिएका छन् । कोठाका र्‍याक रित्ता छन् ।

८७ वर्षीया जगतलक्ष्मी श्रेष्ठलाई ‘कान्छी नेपाल’ का रुपमा चर्चित सिलगढी बजार देखेर नियास्रो लाग्छ । बजारको चहलपहलमा बितेको बाल्यकाल उनको आँखैअघि घुमिरहन्छ । अछामी, बझाङी, बिमकोटे र दर्नाली राजाले किनमेलका लागि सिलगढी आउँदा बाल्यकालमा ओखरको कुटेरो खान दिएको उनले भुलेकी छैनन् ।

जुम्ला, हुम्ला, अछाम, बाजुरादेखि सुर्खेतका मानिसको चहलपहल हुन्थ्यो । उनका सासु ससुरा र दुई देवरका परिवार घरमा ताल्चा लगाएर काठमाडौँ गएको वर्षौ भयो । अहिले यस क्षेत्रका कपडा पसल मात्र ५०–६० वटा थिए, मानिसको भीडले बजार भरिभराउ हुन्थ्यो । अहिले त्यो कहाँ पाउनु ? कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार