अन्तत इश्वर पाेख्रेलले पाए स्कुल बिभागकाे जिम्मेवारी , कुन विभागको जिम्मेवारी कसलाई? (सूचीसहित )

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभागीय प्रमुख र प्रदेशका सह–इन्चार्जको टुंगो लगाएको छ।शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकले लामो समयको गतिरोधलाई तोड्दै विभागीइ प्रमुख र प्रदेश सह–इन्चार्जको टुंगो लगाएको हो।

स्कुल विभागलाई लिएर लामो समयदेखि नेकपामा विवाद रहँदै आएको थियो। सो विभागमा पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्व एमालेबाट ईश्वर पोखरेलले दावी गर्दै आएका थिए।

शुक्रबारको बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलाई र प्रचार विभागको जिम्मा नारायणकाजी श्रेष्ठलाई दिने निर्णय गरेको छ।

त्यसतै वहालवालामन्त्रीलाई सम्बन्धित विभागको जिम्मेवारी दिइएको। जसका राजकीय मामिला तथा सुशासन रामबहादुर थापा बादल, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग विर्षमान पुन, योगेश भट्टराईलाई पर्यटन विभाग, बिना मगरलाई खानेपानी उपाभोक्ता हित तथा आपुर्ति विभाग मातृका यादवलाई दिइएको छ।

त्यस्तै बैठकले सातै प्रदेशमा दुई(दुईजना सहइन्चार्ज तोकेको छ। यसअभि एक इन्चार्ज र एक सहइन्चार्ज तोकेको नेकपाले थप दुई सहइन्चार्ज तोकेको हो। योसँगै प्रत्यक प्रदेशमा अब तीन जना सहइन्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार