पढेलेखेका युवालाई कृषिमा आकर्षण गर्न ५० करोड अनुदान

सरकारले युवालाई कृषिमा आकर्षण गर्न ५० करोड रुपैयाँ अनुदान वितरण गर्ने तयारी गरेको छ।कृषि उद्यम गर्ने युवालाई न्यूनतम ५ देखि १० लाख रुपैयाँसम्म अनुदान वितरण गर्न लागेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका र पढेलेखेका युवालाई कृषिमा सहभागी गराउन यस्तो कार्यक्रम ल्याइएको हो। यो खबर आजको नागरिकको आर्थिकमा दिलीप पौडेलले लेखेका छन्। युवालाई कृषिमा लाग्न अभिप्रेरित गर्न अनुदान दिन लागिएको मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार