शिक्षा मन्त्री पोखरेल भन्छन्- मैले कम्प्युटर नै नदेखि कम्प्युटर विषय पढेँ!

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले आफूले पहिला कम्प्युटर नै नदेखि कम्प्युटर विषय पढेको बताएका छन्। ‘त्यतिबेला कम्प्युटर विषय लिएको थिएँ, सिंहदरबारमा कम्प्युटर छ भन्थे,’ उनले भने, ‘तर कम्प्युटर नदेखि कम्प्युटर विषय उत्तीर्ण गरेँ, इनपुट, प्रोसेसिङ र आउटपुट डिभाइस भनेर पढेँ।’

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित संस्मरणमा उनले भनेका छन्ः मैले ०३३ ०३४ मा महेन्द्र मोरङ कजेज विराटनगरमा स्नातक पढेको हुँ। मैले त्यतिबेला कम्प्युटर विषय लिएको थिएँ। तर, कम्प्युटर नै देखेको थिइनँ। शिक्षक पनि त्यति जान्ने थिएनन्।

तर, नयाँ गर्नुपर्छ भनेर कम्प्युटर विषय पढेँ । सम्भवतः कम्प्युटर पढ्ने हाम्रो पहिलो ब्याच थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार