प्रधानमन्त्री ओली सिंगापुर जानु अघि नै एकता प्रक्रिया टुंग्याउन हुदैछ यस्ताे तयारी

काठमाडौं । नेकपा सचिवालयको बैठक आज पनि बस्दैछ । पार्टीका विभागहरुको नेतृत्व सम्बन्धी विवाद लामो प्रयासबाट टुंग्याएको नेकपाले एकताका बाँकी प्रक्रियाबारे छलफल शुरु गरेको छ ।प्रधनमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानु अघि नै एकताको काम टुंगाउन नेताहरु लागिपरेको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टीको पोलिट्ब्युरो र विभिन्न आयोगहरु गठनमा भएको विवाद टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।नेकपाले विभागसहित जनवर्गीय संगठन तथा प्रदेशका इन्चार्ज र सहइन्चार्जसहितका विषय भने यसअघि नै टुंग्याएको छ ।

तर, अझै केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न भने बाँकी नै छ । यस्तै सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास संगठनको पनि एकता प्रक्रिया पूरा भएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार