प्रधानमन्त्री ओलीकाे दमदार बकतब्य : अर्को चुनावको तयारीमा बसे हुन्छ, म अझै १५ वर्ष बाँच्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावमा अस्तित्व रक्षाका लागि अहिलेदेखि नै तयारी अवस्थामा रहन बताउँदै आफू अझै १५ वर्ष बाँच्ने बताएका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने–केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु । म उपचारका लागि जान लागेको हो । तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ ।”

सत्तारुढ नेकपाका प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठका अनुसार चिकित्सकसँग परामर्श गरेपछि प्रधानमन्त्री ओली बिहीबार नै सिंगापुर जाने कार्यक्रम तय भएको छ ।

उनले आफू भोलि सिंगापुर जान लागेको बताउँदै भने–म भोलि सिंगापुर जाँदैछु । केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ । अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार