पार्टी एकीकरणको १५ हिनापछि प्रचण्डलाई कार्यकारी भूमिका

काठमाडौं/पार्टी एकीकरणको १५ महिनापछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी भूमिका पाएका छन् ।

एकीकरण पूर्व अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति १५ महिनापछि कार्यान्वयनमा आएको हो । बिहीबार बसको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वाथ्योउपचारका लागि सिंगापुर जाने भएकाले प्रचण्डको अध्यक्षमा चाँडै सचिवालय बैठक बसेर सांगठनिक एकताका बाँकी कामबारे निर्णय गरिने बताए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार