प्याब्सनकाे जिल्ला स्तरिय अन्तर बिद्यालय वक्तित्वकला प्रतियोगितामा मुनमिन एकेडिमीकी जनुमा शेर्पा प्रथम

इटहरी । सुनसरीका विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीको क्षमता अभिबृीद्ध गर्ने उद्धेश्यले निजि तथा आवासीय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनको आयोजनामा जिल्ला स्तरिय आन्तर बिद्यालय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगर स्तरिय वक्तित्व कलाबाट छौनौट भएर आएका २० जना बिद्यार्थीले जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा सुनसरीभरिका करिब १९ बिद्यालयका २० जना बिद्यार्थीको सहभागिता रहेको थियो ।उक्त वक्तित्व प्रतियोगीतामा मुनमिन एकेडिमीकी जनुमा शेर्पा प्रथम भएकी थिईन भने सुनसरी ग्रार्डेन एकेडेमिकी स्मारिका पोख्रेलले दोस्रो स्थान हासिल गरेकी थिईन । त्यसैगरि पञ्चायन बिद्यामन्दिरबाट स्मृति अधिकारी तेस्रो भएकी थिईन भने विष्णे मेमोरियलका सौखिन आचार्यले चौथो स्थान हासिल गर्न सफल भएका थिए ।

प्याब्सन सुनसरीको आयोजनामा बिभिन्न समयमा यस्ता प्रतियोगिता हुने गरेको छ भने यस्ता प्रतियोगिताले बिद्यार्थीको क्षमता अभिबृीद्ध गर्न सहज भएको सुनसरी प्याब्सन अध्यक्ष बिष्णुप्रसाद कोईरालाले बताए । बिद्यार्थीहरुले समृद्ध नेपाल, सुखि नेपाली भन्ने बिषयमा आआफ्नो धारण व्यक्त गरेको कार्यक्रम संयोजक रमेश कार्कीले बताए ।

प्याब्सन केन्द्रिय सल्लाहाकार शंकर थापाको पिता दिपमगर थापाको स्मृतिमा चादिको रनिंग शिल्ड स्थापना गरेको हो । कार्यक्रममा शंकर थापाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा ज्ञानेन्द्र दाहाल, कबिन्द्र मण्डल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार