त्रिबिले तीर्थ खनियाँबाट मुक्ति पायो, भगवान कोइराला आउन सक्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति तीर्थ खनियाँको भदौं ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ उपकुलपनि पाउन सकेको छैन । त्रिबिकी शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ । सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान ता प्रविधिमन्त्री गिरिराजमण्णि पोखरलेको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

समितिमा कमलप्रसाद गुगागाईँ दिल्लीप्रसाद शर्मा सदस्य छन् । शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा बनेको समितिले तीन साता बित्दा पनि उपकुलपतिका लागि योग्य व्यक्ति फेला पार्न सकेको छैन । त्रिभुवन विश्वविद्यालय ऐनमा सहकुलपतिको संयोजकत्वमा सिनेतका दुई सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने व्यवस्था छ । समितिले सिफारि गरेका व्यक्लिलाई कुलपति एवं प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ ।

त्रिविको उपकुलपतिका लागि त्रिविका चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन अरुण सायमकीसम्मको चर्चा छ । त्यस्तै मध्यपश्चिम विश्वविद्यालयमा काम सक्काएर बाहिरिएका उपेन्द्र कोइराला, त्रिविका निमित्त उपकुलपति त्रिपाठी, रजिष्टार दिल्ली उप्रेतीलगायतको पनि दौडधुप छ । प्रधानमन्त्री ओलीले भने वरिष्ठ चिकित्सक भगवान कोइरालालाई उपकुलपति बन्न आग्रह गरेको उनी निकट स्रोतको दावी छ ।
नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार