लथालिंग भ्रातृसंस्थाबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

लथालिंग अवस्थामा रहेका आफ्ना भ्रातृसंस्थाबारे छलफल गर्न आज (बुधबार) नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ।

महामन्त्री पूर्णबहादुर खड्काले गत २२ असार गतेको बैठकमा पेस गरेका १४ एजेन्डामध्ये आजको बैठकमा पार्टीका भ्रातृसंस्थाबारे छलफल गर्न लागिएको कांग्रेस नेताहरूले बताएका छन्।

कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ। समयमै अधिवेशन हुन नसक्दा ती भ्रातृसंस्था अस्तित्वमा मात्रै सीमित भएका छन्। तसर्थ निष्क्रिय अवस्थामा रहेका नेविसंघलगायत भ्रातृसंस्थालाई पुनः सक्रिय बनाउनेबारे आज बस्ने कांग्रेस बैठकले निर्णय गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार