इटहरीकि रूविना भइन शाैन्दर्य प्रतियाेगिताकि शुन्दरी

इटहरी । हिन्दु महिलाहरुको महान चाड तिजको अवसर पारेर सुनसरीको इटहरीमा आयोजित सौन्दर्यकला प्रतियोगिताको उपाधी रुवीना श्रेष्ठले उचाल्न सफल भएकी छन । इटहरीमा रहेको पेस्को मेकअफ स्टुडियो र श्रृजना व्युटि पार्लरले संयुक्त रुपमा आयोजना गरेको सौन्दर्यकला प्रतियोगितामा सहभागी ३० जना सौन्दर्यकला व्यवसायीहरुलाई पछि पार्दै रुवीना श्रेष्ठ उपाधी उचालेकी हुन ।

महिलाहरुको महान पर्व र महिलाहरुको सौन्र्यतासंग जोडिने व्यवसाय भएकाले सौन्दर्यकला व्यवसाय प्रति युवा पुस्तालाई अझ आकर्षण गर्न सकियो भन्ने उद्धेश्य राखेर आयोजना गरिएको प्रतियोगितामा क्रमश द्धितृय र तृतिय पुजा साम्वाफे,ननीना राई भएका छन । सुनसरी र मोरगंका विभिन्न ठाउँका १९ जना सौन्दर्यकला व्यवसायीहरुको प्रतियोगितामा सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी सौन्दर्यकला व्यवसायीहरुले श्रृगांर गरेर ल्याएका महिलाहरु सहित सहभागिता जनाएका थिए । व्यवसायीहरुले गरेको श्रृगाँरका आधारमा अरुण प्रधान लगायतका निर्णायकहरुले विजेताहरु छनौट गरेका थिए । उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल , कोषाध्यक्ष गायत्री कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

तिजका अवसरमा मनोरञ्जनका साथै सौन्दर्यकला व्यवसायीहरुको क्षमतालाई अझ बढी विस्तार गर्न मर्मत पुर्रयाउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको पेस्को मेकअप स्टुडियोकी सञ्चालिका मनिता तामागंले जानकारी दिइन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार