नक्कली तमसुक बनाउँदै पैसा असुल्ने यी हुन्

जनकपुरधाम : नक्कली तमसुक बनाउँदै पैसा असुल्ने सर्लाहीका श्याम कृष्ण साह (परदेशी) प क्रा उ परेका छन्। सर्लाहीको मलंगवा नगरपालिका ४ का भएका परदेशीलाई घर नजिकैबाट पक्राउ गरिएको हो।

ऋण लगानी गरेर मनलाग्दी ब्याज असुलेको आरोपमा परदेशीलाई पक्राउ गरिएको सर्लाहीका एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिए। सर्लाहीका करिब २ सय ९९ जनालाई ऋण दिएर चार/चार पटकसम्म रकम असुलेको परदेशीमाथि आरोप छ।

ऋण चुक्ता गरे पनि उनले तमसुक नदिई अदालतमा मुद्दा दायर गरेका कारण कैयौँले गरेका छन्। सोही कारण अहिले तीनजना स्थानीय जेलमा छन् भने अदालतबाट पक्राउ पुर्जी जारी हुँदा सयौँ व्यक्ति फरार छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार