एटिएम ह्याक काण्डमा पक्राउ परे तीन नेपाली ब्यापारी

काठमाडौं, भदौ १६ बैंकको एटिएमलाई ह्याक गरेर लुटिएको रकम साट्ने दुई मनि चेञ्जरका तीन नेपालीलाई पक्राउ गरेको छ । ह्याकरहरुले नेपाली रुपैयाँ साट्ने ठमेलका दुई मनि चेञ्जरको पहिचान गरी संचालकलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरीपरिसर काठमाडौंको विशेष टोलीले चिनियाँ टोलीले २९ लाख ९९ हजार रुपैयाँबराबर अमेरिकी डलर साटेको भेटिएको जनाएको छ । परिसरका अनुसार ठमेलमा रहेको डेक्सो मनि चेञ्जर र नेपालय मनि चेञ्जरले अनधिकृत रुपमा चारजना चिनियाँलाई २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए।

नेपाली रुपैयाँ सस्तोमा किनेर महंगोमा डलर बेच्ने डेक्सोका सञ्चालक वेदनाथ लामिछाने र नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रत्यक्ष संलग्न रहेका नेपाललयका प्रबन्धक रेवती दवाडी समेत पक्राउ परेका छन् ।

‘होटलबाट फरार रहेका ३ जना चिनियाँ नागरिकको २९ लाख ९९ हजार रुपैयाँ साटेको अनुसन्धानमा देखिएको छ,’ प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले भन्नुभयो, यसरी साट्नु गैरकानूनी भएकाले उनीहरूलाई नियन्त्रणमा लिएका हौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार