प्रम ओली स्वास्थ स्थिति बुझ्न नेता गाैतम र पाैडेल सिंगापुर जाने

काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् । विगत केहीदिनदेखि सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्था बुझ्न उनीहरु त्यसतर्फ जाने भएका हुन् ।

स्रोतका अनुसार उनीहरु मंगलबार सिंगापुर जाने भएका हुन् । प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । यतिबेला उनको सिंगापुरको न्याशनल यूनिभर्सिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार