प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न महासचिव पौडे्ल सिंगापुर जाँदै

काठमाडौं, १७ भदौ – सिंगापुरमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार सकिन लागेपछि उहाँको पछिल्लो अवस्था बुझन नेकपाका महासचिव बिष्णु पौडेल आज त्यतातर्फ प्रस्थान गर्देहुनुहुन्छ । दिउँसो १ बजे सिंगापुर उड्न लाग्नुभएका महासचिव पौडेल एक्लै सिंगापुर जाने उहाँले बताउनुभएको छ। उहाँले प्रधानमन्त्रीसँगै स्वदेश फर्किने पनि जानकारी गराउनुभयो ।

अहिलेसम्मको कार्यतालिकाअनुसार प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने तय भएको उहाँले जानकारी दिनुभयो। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतम भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने कार्यक्रम अन्तिम समयमा स्थिगित भएको छ ।

महासचिव पौडेलले आफू एक्लै सिंगापुर जान लागेको र सचिवालय सदस्य वामदेव गौतम भने सिंगापुर जाने कार्यक्रम नरहेको बताउनुभएको छ।

भदौं ५ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार