‘जनतामा बेचैनी बढ्यो, छिटो एक्सनमा जाऔँ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा बचैनी बढेकाले छिटो एक्सनमा जानुपर्ने बताएका छन् । बुधबार चितवनमा भरतपुर विमानस्थल विस्तार तथा सुधार गर्न सरोकारवालासँगको अन्तरक्रियामा सहभागी हुँदै उनले ‘अब मिटिङिसिटिङ भन्दा पनि एक्सनमै जानुपर्ने’ खाँचो औँल्याए ।

“जनताले छिटोभन्दा छिटो विकास होस् भन्ने चाहेका छन् । उनीहरूमा बचैनी बढ्दो छ । छिटोभन्दा छिटो एक्सनमा जानुपर्यो । हाम्रो ध्यान, दिमाग र तागत एक्सनमा लगाउनुपर्यो,” उनले अन्तरक्रियामा भने । पूर्वप्रधानमन्त्री र चितवनका जनप्रतिनिधिसमेत रहेका प्रचण्डले अन्योल र अस्थिरता देशले थाम्न नसक्ने बताउँदै धेरै अन्योल अस्थिरता देशले थाम्न सक्दै उद्योग, अस्पताल, शिक्षा हरेक क्षेत्रमा एक्सनद्वारा युवालाई आश्वस्त पार्नुपर्ने धारणा राखे ।

ad ad
“हामीले समाजवाद उन्मुख राज्यव्यवस्थाको प्रत्याभूति गराउनुपर्यो,” उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको विस्तार राष्ट्रिय कार्ययोजनामा राखेर विकासको ठोस योजना अघि सारेकोमा खुसी व्यक्त गर्दै भरतपुर काठमाडौंको वैकल्पिक विमानस्थल बन्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार