नेपाल टेलिकमको मिस्ड कल अलर्ट सेवा

नेपाल टेलिकमले सेवाग्राहीको सहजताका लागि मिस्ड कल अलर्ट सुविधा उपलब्ध गराएको छ । सुविधाबाट मोबाइलमा आएका सबै कलबारे जानकारी पाउन सकिने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको मिस्ड कल अलर्ट सेवा जिएसएम पोस्टपेड तथ प्रिपेड मोबाइलमा उपलब्ध छ । सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्विच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस)मार्फत जानकारी पाउन सकिन्छ ।

यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुनेछ । आफ्नो मोबाइलमार्फत ८१४००३ डायल गरेर दिइएका विकल्पअनुसार अथवा एसयुबी एमसिए लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि यो सेवा प्रयोगमा ल्याउन सकिन्छ । कम्पनीले यो सेवा प्रतिमहिना जम्मा ६ रुपैयाँमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार