बाबुरामले भने “दलित भएर हिन्दु धर्म किन मानेको” ठिक छैन, परित्याग गर्नुहोस् !

काठमाडौं । नेपाल ४ जात ३६ वर्णको फुलबारी हो । नेपालमा अनेक जाती र उस्तै धर्म संस्कृति रहेका छन् । तर पनि नेपालीहरु मिलेर बसेका छन् । एकले अर्कालाई सम्मान गर्न जानेका छन् । नेपालमा जातीय वा धार्मिक आधारमा दं’गाहरु भएका त्यस्ता उदाहारण छैनन् ।

तर पछिल्लो समय नेताहरुले आफ्नो भोटका लागि अझ यसरी भनौं केही व्यक्तिहरुले आफ्नो स्वार्थका लागि जनतालाई यस्ता सानासाना कुराहरुमा अल्झाउन थालेका छन् ।

यो भिडमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम पनि बेलाबेलामा चर्चामा आउने गर्दछ । उहाँ आफैं हिन्दु धर्म मान्ने व्यक्ति हुनुहुन्छ । तर आज ए कार्यक्रममा भट्टराईले दिएको बयानले सबैलाई झस्काएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
उहाँले दलितलाई ध्यानमा राखेर भन्नुभयो, ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र वि’भेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ समता फाउण्डेशनले आज काठमाडौंको पार्क भिलेज रिसोर्टमा आयोजना गरेको भेला उदघाटन समारोहमा उहाँले यस्तो बयान दिनुभएको हो ।

यस कार्यक्रममा तीन जना पूर्वप्रधानमन्त्री एकै मञ्चमा हुनुहुन्थ्यो । कार्यक्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र बाबुराम भट्टराईको सहभागिता रहेको थियो ।

तीन पूर्वप्रधानमन्त्रीमध्ये पहिलो वक्तामा पर्नुभएका भट्टराईले शुरुमा राज्यका बिभिन्न तहमा दलितको प्रतिनिधिको तथ्यांक पेश गर्दै जातीय जनसंख्याका आधारमा त्यो हुन नसकेको बताउनुभयो । दलित समुदायका अगुवा जनप्रतिनिधि तथा अभियन्ताहरुलाई नै प्रश्न गर्न थालेपछि समस्या उत्पन्न भएको हो ।

भारतको संविधानका पिता मानिने भीम राव अम्बेडकरको भनाइ उद्धृत गर्दै उहाँले हिन्दू धर्मले जातप्रथा जन्माएको भन्दै जातीय बिभेदको मूल स्रोत नै हिन्दू धर्मशास्त्र रहेको उल्लेख गर्नुभयो । उहाँले कि हिन्दू धर्मशास्त्र सच्याउनुपर्ने नभए दलितहरुले हिन्दु धर्म परित्याग गर्नुपर्नेमा जोड दिनुभयो ।

भट्टराईले जातपात प्रथा मानवअधिकारको उ’ल्लंघन भन्दै ऋग्वेदबाटै जातीय बिभाजन गरिएको उल्लेख गर्नुभयो । आफुले यस विषयमा बोल्दा डलर खाएर बोल्यो भनेर आलो’चना गर्ने भएको हुँदा दलित समुदाय आफैंले आवाज उठाउनुपर्ने माग गर्नुभयो । यो कार्यक्रम भोलिसम्म चल्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार