पाँचथरमा किराले टोकेर शिक्षकको मृ त्यु

पाँचथर,भदौ २१
किर्ना भन्ने किराले टोकर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ का एक ब्यक्तिको मृ त्यु भएको छ । मृ त्यु हुनेमा स्थानिय विनोद कुगेनाम्बा रहेका छन् ।

गत डेण हप्ता अघि घरमा किर्नाले टोकेर अस्पतालमा उपचाररत रहेका कुगेनाम्बाको गएराती १० बजे टिचिङ अस्पताल काठमान्डौँमा मृ त्यु भएको छिमेकी उपेन्द्र लावतीले बताउनुभयो ।

किर्नाले टोकेर जिल्ला अस्पताल पाँचथर,तथा नोभेल अस्पताल पाँचथरमा उपचार गराउँदा पनि उपचार सम्भव नभएपछि कुगेनाम्बालाई दुई दिन अघि टिचिङ अस्पताल भर्ना गरिएको थियो । कुगेनाम्बा रानीटार मावि फिदिम ७ मा शिक्षण गर्दे आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार