नेपाली जनताले चिनियाँ जनता र सरकारबाट ठूलाे अपेक्षा राखेका छन् : अध्यक्ष दाहाल

काठमाडाैँ, २१ भदाै ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनबाट नेपालले तीव्र विकास र सहयोगको अपेक्षा राखेको बताउनुभएको छ ।

‘नेपाल चाइना इकोनोमिक एन्ड ट्रेड कर्पोरेसन फोरम २०१९’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एक चीन नीति र नेपाली भूमिलाई कुनै पनि हालतमा चीनविरुद्ध प्रयोग गर्न दिइने बताउनुभएको हो ।

उहाँले एक चीन नीतिमा दृढता राख्दै आएको नेपाल अब आर्थिक वृद्धिको निम्ति चिनियाँ जनता र सरकारको तर्फबाट तीव्र विकास र सहयोगको अपेक्षा राखेको समेत बताउनुभयो । मुलुकको समृद्धिका लागि चिनियाँ सरकार, जनता, लगानीकर्ता र व्यवसायीहरुबाट नेपाली जनता र सरकारले धेरै ठूलो आशा र अपेक्षा राखेको उहाँको भनाइ थियो ।

आफूले सरकारको नेतृत्व गरेको समयमा बिआरआईमा जोडिने भनेर आफूले नै हस्ताक्षर गर्ने अवसर प्राप्त गरेको स्मरण गर्दै सोही अनुसार बिआरआईबाट मुलुकले आर्थिक विकास गर्ने समेत उहाँको दावी थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार