नुवाकोटमा जिउँदो गाई खाल्डोमा पुरियो, नेपाली सेना र स्थानीयले गरे उद्धार

काठमाडाैँ । नुवाकोटको विदुरमा जिउँदो गाई खाल्डोमा पुरिएको छ । केरूङ हुँदै चीनतर्फ गाई तस्करी गर्ने समूहले बिरामी भएको दुई गाई खाल्डो खनेर पुरिएको हो । पत्रकार शालिकराम चालिसेका अनुसार विदुर नगरपालिका वडा नम्बर ४ वट्टारमा खाल्डो खनेर पुरिएको गाई नेपाली सेना र स्थानीयको सहयोगमा निकालिएको छ ।

नुवाकोटको बाटोबाट दैनिक ३० भन्दा बढी गाई चीनतर्फ तस्करी हुने गरेको भए पनि प्रशासनले कुनै चासो देखाएको छैन । शनिबार त्यसैको परिणाम स्वरूप तस्कर समूहले बिरामी गाई जिउँदै पुरेकोमा कुनै दुबिधा छैन । गाई खाल्डोमा पुर्ने व्यक्ति फरार रहेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार