मोदीले पाएका उपहार लिलामीमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशरविदेश भ्रमण गर्दा पाएका विभिन्‍न उपहारको लीलामी हुने भएको छ। भारतका पर्यटन मन्त्री प्रह्लाद पटेलका अनुसार लीलामीमा विभिन्‍न २२७२ वस्तु राखिएका छन।

लीलामीमा राखिएका विभिन्‍न वस्तुको ‘बेस प्राइस’ २ सय भारतीय रुपैयादेखि अढ़ाई लाख रुपैयासम्म राखिएको छ।’बोली बढाबढ’ले यी वस्तु किन्‍न सकिन्छ । बोली लाउदा ”बेस प्राइस’ भन्दा माथिबाट शुरू गर्नुपर्ने हुन्छ। यसरी बोली लाएर किनिएको वस्तुको ‘होम डेलीभरी’ ३ अक्टूबरपछि गरिने छ। लीलामी प्रक्रिया १४ सेप्टेम्बरदेखि ३ अक्टूबरसम्म सञ्चालन हुन्छ।

स्वतंत्र भारतको इतिहासमा मोदी पहिलो प्रधानमंत्री हुन जसले आफुले पाएका उपहार लिलाम गर्न लाउछन् र त्यसबाट प्राप्त भएको रकम विभिन्न सामजिक संघ संस्थाहरुलाई दान दिन्छन्।यसपटकको लिलामीबाट भएको अर्थ संकलन गंगा सफाईका लागी कार्यरत नमामि गंगे प्रोजेक्टलाइ प्रदान गरिने छ।

लिलामीमा राखिएका सबै वस्तु सर्वसाधारणले पनि अवलोकन गरुन भन्ने उद्देश्यले दिल्लीको इन्डिया गेट स्थित राष्ट्रिय आधुनिक कला संग्रहालयमा प्रदर्शनीमा राखिएका छन्।सर्वसाधारणले १४ सेप्टेम्बर देखि ३ अक्टूबरसम्म संग्रहालयमा गएर यी वस्तु हेर्न सक्छन्। प्रधानमंत्री भइसके पछि उनले पाएका उपहारको यो दोश्रो पटक लिलामी हुन गईरहेको हो। यसभन्दा पहिला भएको लिलामीमा बीएमडब्लू कारको काठले बनेको प्रतिकृति ५ लाख रुपैयामा बिक्री भएको थियो।

भगवान शिवको एउटा पेंटिंग जसको ‘बेस प्राइस’ ५ हज़ार राखिएको थियो ,बोली बढाबढमा त्यों पेंटिङ्ग दस लाख रुपैयामा बिक्री भएको थियो। यसैगरी भारतको पन्जाब राज्यस्थित प्रसिद्द ‘गोल्डन टेम्पल’ को प्रतिकृति जसको ‘बेस प्राइस’ १० हज़ार रहेको थियो,बोली बढाबढमा यो साढ़े तीन लाखमा बिकेको थियो।
मोदिले आफुले पाएका उपहारको लिलामी गराउने प्रचलन आफू गुजरात राज्यको मुख्यमन्त्री हुँदा नै चलाएका हुन। मुख्यमन्त्री हुँदा उनले लिलामीबाट उठेको रकम राज्यको बालिका शिक्षा अभियानका लागि प्रदान गर्थे। लिलामी प्रक्रिया अनलाइन मार्फ़त हुन गइरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार