विश्व सम्पदा संरक्षणमा महानगर प्रमुख विद्यासुन्दरको सक्रियता

काठमाडौं काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यले विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्र अन्तर्गतको जयबागेश्वरी मन्दिर जिर्णोद्वारको क्रममा अर्को गजुर सहितको मन्दिर भेटिएको जानकारी पछि उक्त मन्दिरको स्थलगत भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा महानगर प्रमुख शाक्यले पुरातात्विक सम्पदा जिर्णाेद्धारमा पशुपति क्षेत्र विकास कोषले लापरवाही गरेको भन्दै बिहान काम शुरु गर्ने बेला र समाप्त गर्ने बेला मुचुल्का उठाउने, हरेक सामान निकाल्दा मुचुल्का उठाउनुपर्ने, उत्खनन गरिएका पुरातात्विक बस्तुहरुको सुरक्षा गर्नुपर्ने, पुननिर्माणमा पुरानै शैलीबाट मन्दिर निर्माण गर्नुपर्ने भन्दै पशुपति क्षेत्र विकास कोष, परातत्व विभाग, सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार