नागरिकतामा विवाह गरेर आउने विदेशी बुहारीलाई भन्दा ज्वाइँलाई कडाई गरौँ : जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्मा प्रभाकरले नागरिकतामा विवाह गरेर आउने विदेशी बुहारीलाई भन्दा ज्वाइँलाई कडाई गर्न अनुरोध गर्नुभएको छ । पूर्वमन्त्री समेत रहनुभएका शर्माले अंगीकृत नागरिकतामाथि कडाइ गरिनुपर्ने बताउँदै नेपालीसँग बिहे गरेर आउने विदेशी बुहारीलाई भन्दा ज्वाइँलाई नै कडाइ गर्नुपर्ने बताउनुभएको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा नागरिकतासम्बन्धी विधेयकमा बोल्दै उहाँले, ‘अंगीकृत नागरिकतामा विवाह गरेर आउने विदेशी बुहारीलाई भन्दा विदेशी ज्वाइँलाई कडाइ गरिनु जरुरी रहेको बताउनु भएको हो ।

हाल उपन्न भएको व्यवहारिक समस्यालाई हल गर्नुपर्ने बताउँदै शर्माले कानुन बनाउँदा व्यवहार बिर्सिएर भावनामा बग्न नहुने बताउनुभएको हो । ‘नागरिकताको मुद्दालाई रणनीतिकरुपमा पनि हेर्नुपर्नेमा उनले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार