“सुत्केरी बिदा नदिने प्रधानाध्यापकलाई कारबाही होस” :- सांसद थापा

नेपाली कांग्रेसका नेता था सांसाद गगन थापाले शिक्षिकालाई सुत्केरी बिदा नदिने प्रधानाध्यापकलाई कारबाही गर्न माग गरेका छन् । केही दिन अघि असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई प्रधानाध्यापक सुरेन्द्र केसीले सुत्केरी बिदा नदिएको बरु उल्टै मानसिक यातना दिएर दिँदा शिशुको समेत मृत्यु भएको खबर बाहिरीएको थियो ।

सोही बिषयमा सांसद थापाले आज बिहिबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सुत्केरी बिदा नदिने र महिलाको अपमान गर्ने , मानसिक यातना दिने प्रधानाध्यपकलाई कारवाही गर्न सरकारसंग माग गरेका हुन् ।

बैठकमा बोल्दै उनले भने “सरकारी, गैरसरकारी र निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनु अगाडि र पछाडि गरी कम्तीमा ९८ दिन तलबसहित प्रसुति बिदा अधिकार हुनेछ भन्ने हाम्रो कानुन छ । चिकित्सकको सल्लाह अनुसार बिदा अपुग भएमा बेतलबी थप एक वर्ष पनि बिदा बस्न पाइन्छ। तर अवस्था त्यस्तो छैन। काठमाडौँ को त्यौड माविमा पढाउने एक शिक्षिकाले पटकपटक बिदा माग्दा प्रधानाध्यापक ले बिदा नदिएर मानसिक यातना दिँदा शिशु गुमाउनुपर्‍यो”।

सांसद थापाले सरकारसंग अब कानुन नमान्ने र महिलालाई हेप्नेलाई कारवाही हुन्छ भन्ने सन्देश पनि सरकारले दिनु पर्ने बताए । उनले काठमाडौँ जस्तो ठाँउमा त यस्तो हुन्छ दुरदराजको ठाँउमा कस्तो हुन्छ होला भन्ने अनुमान गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार