भारतीय बिदेशमन्त्रीलाई कम महत्व दिएको भन्दै सांसद सिंहले जनाए आपत्ति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले चिनियाँ बिदेशमन्त्रीलाई बढि प्राथामिकता दिएको भन्दै आपत्ति जनाएका छन् । नेपाल भ्रमणको क्रममा आएका भारतीय बिदेशमन्त्री एस जयशंकर र केही दिन अघि मात्र नेपाल भ्रमणमा आएका चिनियाँ बिदेशमन्त्री वाङ ईबीच नेपालले फरक व्यवहार गरेको भन्दै सांसद सिंहले आपत्ति जनाएका हुन् । आज बिहिबार बसेको सांसदको बैठकमा बोल्दै उनले बिदेशमन्त्रीहरुको नाम त लिएनन् तर भारतीय बिदेशमन्त्रीलाई भन्दा चिनियाँ बिदेशमन्त्रीलाई सरकारले फरक व्यवहार गरेको बताएका हुन् ।

बैठकमा बोल्दै उनले भने “दुवै देशका परराष्ट्रमन्त्रीको भ्रमण भयो। एउटा परराष्ट्रमन्त्रीलाई स्वागत गर्न परराष्ट्र सचिव जान्छ, अर्को छिमेकीको परराष्ट्रमन्त्री आउँदा मन्त्री जान्छ । एउटा परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्री भेट्दा राजारैति जस्तो गरी भेट्छ, अर्कोलाई बराबरीको अवस्थामा भेट्छ। के परराष्ट्र मन्त्री र प्रधानमन्त्री बराबरीका हैसियतमा भेट्न मिल्छ ? भेटेको र झण्डा राखेको छरु दुवै सरकारी भ्रमण थियो निजी भ्रमण थिएन।” सरकारले फरक व्यवहार गरेको भन्दै आलोचना गरे । साथै उनले नेपालले परराष्ट्र नीतिलाई समेत बेवास्ता गरेको भन्दै आपत्ति जनाए । उनले इन्डो–प्यासेफिक र बिआरआईका विषयमा नेपाल स्पष्ट हुन नसकेको बताए ।

उनले भने “इन्डो-प्यासेफिक र बिआरआईका विषयमा कुरा उठिरहेको छ। यो रणनीतिक विषय हो। यसमा सहभागीता लगायतका विषयमा सरकारले सर्वपक्षीय सहमति गर्नुपर्छ । हाम्रो परराष्ट्र नीति असंलग्न र सहअस्तित्वमा आधारित हुने संवैधानिक व्यवस्था छ। सरकार भनिरहेको छ हामी इन्डो प्यासेफिकमा सहभागी छैनौँ । अमेरिक भन्छ नेपाल सहभागी छ” । यसबारेमा सरकारले स्पष्ट पार्नु पर्ने उनले माग गरे साथै नेपाल दुई ठुला छिमेकीको बीचमा रहेकोले पनि यसमा बिचार पु¥याउँनु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार