एनसेल कर छली : राप्रपाले संसद्देखि सडकसम्म संघर्ष गर्ने

काठमाडौं । एनसेल कर छलीको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आज पदाधिकारी बैठकमा विस्तृत छलफल भएको छ । उक्त विषयमा पार्टीले पूर्व गृह एवं कानूनमन्त्री निरञ्जन थापालाई विस्तृत अध्ययन गर्न जिम्मेवारी दिएको थियो ।

पदाधिकारी बैठकमा पार्टीका सल्लाहकार समितिका अध्यक्षसमेत रहनुभएका थापाले एनसेल कर छली विषयमा विस्तृत विवरण प्रस्तुत गर्नुभएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

“यस विषयलाई राप्रपाले संसद्देखि सडकसम्म लैजान्छ, राप्रपाले संघर्ष गर्छ”, उहाँले भन्नुभयो । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको उक्त बैठकमा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार