डेंगु नियन्त्रणका लागि टोल-टोलमा सांसद बस्नेत

भक्तपुर, देशैभर डेंगुले महामारिको रुप लिइरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बस्नेत डेंगुलाई नियन्त्रण गर्ने उद्देश्यका साथ लामखुट्टे मार्ने मेसिन सहित टोल टोलमा पुग्नु भएको छ ।

हनुमन्ते नदी सफाई अभियानले डेङ्गु प्रकोप नियन्त्रण अभियान शुरु गरेको हो । सांसद निर्वाचित भएदेखिनै भक्तपुरका जनताको चाहना र आवश्यकता अनुसार विकास निर्माण तथा हनुमन्ते खोला सफाइ अभियान चलाउँदै आउनुभएका सांसद बस्नेतल बुधवार डेंगुविरुद्धको अभियानमा लामखुट्टे सखाप पार्ने मेसिन लिएर मध्यपुर थिमी नगरपालिका वडा नं. १ स्थित मनहराको सुकुम्बासी बस्ती पुगेका पुगी जनचेतनाको साथमा औषधी छर्किनु भएको हो ।

हनुमन्ते नदि सफाई अभियानका सल्लाहकार एवं संरक्षक समेत रहनु भएका सांसद महेश बस्नेतले आफै औषधि सहितको गन बोकेर डेंगु रोग सार्ने लामखुट्टे मार्ने अभियानमा जुट्नु भएको हो । कोरियन कम्पनीबाट निर्मित, नेपाल प्रहरीका पुर्व एआईजी रण बहादुर चन्दको समन्वयमा क्रुपी फाउन्डेसनको भौतिक सहयोगमा प्रति गोटा रु एक लाख २५ हजार रुपैया पर्ने मेसिनको प्रयोग गरी डेङ्गु प्रकोप नियन्त्रण बिशेष अभियानको शुरुवात गरिएको हो ।

सांसद बस्नेत आफ्नो क्षेत्रमा डेंगु फैलिन नदिन विहानैदेखि उक्त मेसिन बोकेर हिड्भने गर्नुभएको छ । जसमा डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिन्छ ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गर्नुभयो । उहाले भन्नुभयो, ‘तीन दिनदेखि हामीले मेसिन लिएर लामखुट्टे बढि हुने बस्ती, पानी जमेका ठाउँ, मोटर ग्यारेज, टायरहरु भएको ठाउँमा पुगिरहेका छौं । स्थानीय साथीहरुले आग्रह गरेकाले धेरैजसो ठाउँमा म आफैं गइरहेको छु । यो निकै प्रभावकारी भएको छ । सरकारलाई गाली गर्ने भन्दा आ-आफ्नो ठाउँबाट यति गर्न सकिन्छ ।’

भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, आजसम्ममा भक्तपुरमा ९९ सय जना विरामीमा डेंगु फेला परिरहेको छ ।

डेंगुका कारण अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६१ जिल्लाका ३ हजार ९९ जनामा डेंगु पोजिटिभ देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा २, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक–एक गरी ६ जनाको मृत्यु भएको जानकारी गराएको थियो ।

मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक–एक जना रहेका छन् । वैशाख महिनादेखि अहिलेसम्मको तथ्यांक हेर्ने हो भने डेंगुबाट ७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार