बिहेको ६ महिनापछि ‘तक्मे बुढा’ ले सार्वजनिक गरे आफ्नी पत्नी

तक्मे बुढाको उपनामले लोकप्रिय अभिनेता विल्सन विक्रम राईले विवाह गरेको ६ महिनापछि मात्र आफ्नी श्रीमती सार्वजनिक गरेका छन्।

गत फागुनमै विवाह गरे पनि विल्सनले भदौको तेस्रो सातामा आएर आफ्नो विवाह भएको औपचारिक घोषणा गरेका खबर आजको साप्ताहिकले छापेको छ।

विल्सनले विवाह गरेको कुरा लुकाउनु पर्ने कारणसमेत स्पष्ट पारेका छन्। राईका अनुसार उनले आफ्नो विवाहको कुरा लुकाउन चाहेका थिएनन्, तर दुलही पक्षले विभिन्न कारणले विवाहको कुरा सार्वजनिक गर्न नचाहेपछि उनीहरुले विवाहलाई लुकाएजस्तै भएको हो।

झापाकी सरिना लामासँग विल्सनले परंपरागत विवाह गरेका हुन्। उनीहरु स्कुलदेखिका सहपाठी हुन्। झापामा सरिनाले भुटानी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघको एउटा प्रोजेक्टमा काम गरेकी छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार