शुन्य लागतमा नेपाली कामदार मलेसिया पठाइने

काठमाडौं । बिगत १५ महिनादेखि बन्द रहेको मलेशिया रोजगारी आगामी आईतबारबाट खुल्ने भएको छ । नेपाल र मलेशिया सरकारबीच सहमति नजुट्दा नेपाली कामदारका लागि मलेशिया लगभग ठप्प जस्तै भएको थियो । तर दुवै सरकारबीच बिहीबार सहमति भएसँगै नेपाली कामदार पुनः मलेसिया जान पाउने भएका हुन् ।

यसअघि स्वास्थ्य परीक्षण तथा भिसा प्रक्रियामा सिन्डिकेट कायम गरी कामदारमाथि ठगी गर्दै आएका संस्थालाई कारबाही गरेपछि नेपाली कामदार मलेसिया जाने क्रम रोकिएको थियो ।

‘स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रणालीमा सिन्डिकेट अन्त्य गर्ने तथा कामदार लैजान रोजगारदाताले नै सम्पूर्ण खर्च बेहोर्ने सहमति भएपछि मलेसियाको रोजगारी खुलेको श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । यो सँगै नेपाली कामदार अब मलेशिया शुन्य लागतमा जान पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार