दुईवटा जिप पहिरोमा पुरिए ,विस्तृत विवरण आउन बाँकी

बुटवल , २७ भदौ — दुईवटा जिप पहिरोले पुरिदा एकको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल-सिद्धबाबा सडक खण्ड आसपास दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको हो ,भने चारजनाको प्रहरीले उद्धार गरेको छ ।मृत्यु हुनेमा रुपन्देहीका घर भएका चालक कमल परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र ५९३८ नम्बरको जिप पुरेको हो ।

विस्तृत विवरण भने आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार