‘एन्टी हिरोमा’ अनमोलको हिरोईन जसिता

काठमाडौँ : फिल्म ‘लभ स्टेसन’मा प्रदीप खड्कासँग जोडी बाँधेकी चर्चित नायिका जसिता गुरुङ अब फिल्म ‘एन्टी हिरो’ मा अभिनय गर्ने भएकी छिन् ।निर्माता भूवन केसीको फिल्म ‘एन्टी हिरो’ मा उनि फाइनल भएकी हुन् । अनमोल केसीको जोडिको रुपमा जसिता गुरुङलाई देख्न सकिने छ ।

यस फिल्मको एक्सनका लागि चकलेटि नायक अनमोल शरीर बनाउनका लागि जिम धाइरहेका छन् ।काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्र तिहारपछि छायाकंन सुरु हुने अभिनेता भूवन केसीले जानकारी दिए । चलचित्र ‘एन्टी हिरो’ मा बाबु भुवन ले खलनायक र खनमोल नायकको भुमिकामा अभिनय गर्ने भएका छन् ।

उनिहरु यस चन्दा अगाडिको चलचित्र क्याप्टेनमा उनिहरु दुबै एक गीतमा मात्र देखा परेका थिए । तर हालै यो चलचित्रमा भने नायक र खलनायकको भुमिकामा देखा पर्ने भएका छन् । यस चलचित्रमा निर्देशक र अन्य कलाकारको भने फाइनल भएको छैन् । नायिका जसिता भनेयो भन्दा अगाडिको नयाँ फिल्म ‘आईएम ट्वान्टिवान’ मा अनुबन्ध भइसकेकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार