‘प्रेम संसार’को ‘सुनैना सुनैना’

‘प्रेम संसार’ सिनेमाले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ‘सुनैना सुनैना’ बोलको गीत सार्वजनिक भएको हो।

आगामी मंसिर १३ गते रिलिज हुने सिनेमालाई राम गौतमले निर्देशन गरेका हुन् । गीतमा मुख्य कलाकार प्रेम सोनी र आयुष्मा कार्कीलाई फिचर्ड धन् ।

गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा राजेश पायल राई र अञ्जु पन्तको स्वर छ गीतलाई निर्देशक राम गौतमले कोरियोग्राफी गरेका हुन् ।

सिनेमामा प्रेम सोनी, आयुष्मा कार्कीका अलवा कबिता नेपाली, मोनिका दाहाल, बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यम बहादुर बिक, बिजय सुनार, टंक मरासैनी, किशोर पाण्डे लगायतको अभिनय रहेको छ ।

सिनेमामा अर्जुन पोखरेल र बिबि अनुरागीको संगीत, शंखर महर्जनको द्धन्द्व निर्देशन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी, दिपेन्द्र बस्न्यातको छायांकन र सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार