देउवाविरुद्ध बोल्ने लाई नेविसंघले कारबाही गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको संगठन सुदृढीकरणका अभियानकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत नेतृत्वको विरुद्धमा जथाभावी टिप्पणी नगर्न नेविसंघका विद्यार्थीहरुलाई आग्रह गरेका छन् । शुक्रबार रिपोर्टस क्लब मा पत्रकार सम्मेलन गर्दै नेविसंघ सुदृढीकरण अभियानकर्ताहरुले यस्तो आग्रह गरेका हुन् । नेविसंघका नेता डम्बर सुनारले पार्टी नेतृत्वको विरुद्धमा अनावश्यक जथाभावी टिप्पणी गर्न नहुने बताए ।

नेतृत्वको त्याग, बलिदान र समर्पणका कारण आज देशमा प्रजातन्त्र जिउँदो रहेको भन्दै सुनारले विद्यार्थीले आफ्ना अभिभावकको सम्मान गर्नुपर्ने बताएका छन् । पार्टी नेतृत्वले केही कमिकमजोरी गरेकै भएपनि पार्टीभित्रै सुझाव दिन सकिने तर मिडियामा हल्ला गरेरठूलो स्वरमा बोल्न नहुनेमा उनको जोडे थियो ।

सुनारले भने, ‘पार्टी नेतृत्वलाई गाली गरेर कसैलाई पनि फाईदा नहुने भन्दै सभापतिलगायतको नेतृत्व विद्यार्थी आन्दोलनबाटै आएको हुनाले नेताहरुले नेविसंघको मर्म र भावनालाई राम्रोसँग बुझ्नुभएको छ ।’ नेताहरुको बारेमा अनावश्यक टिप्पणी गर्ने र पार्टी सभापतिविरुद्ध जथाभावी बोल्ने झुण्डलाई कारबाही गर्नुपर्ने सुनारको माग छ ।

पत्रकार सम्मेलनमा नेता सुनारसहित नेविसंघकी निवर्तमान केन्द्रिय सदस्य सम्झना खत्री, नेताहरु लोकेश आचार्य र चन्द्र विश्वकर्माले पार्टी सभापतिविरुद्ध बोल्ने नेविसंघका नेताहरुलाई अराजक समूहको संज्ञा दिएका छन् । उनीहरुले सभापतिविरुद्ध जथाभावी बोल्नमाथि आफूहरु जाईलाग्ने चेतावनी दिएका छन् । नेताहरुले सभापतिविरुद्ध जथाभावी बोल्नेलार्ई ईटको जवाफ पत्थरले दिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार