कांग्रेस कुटनेलाई कारवाही हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादलले कांग्रेस कुटनेलाई कारवाही गर्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा कांग्रेसका सांसदले बाँकेको खजुरामा कांग्रेसको जागरण अभियानमा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरुले आक्रमणबारे गृहमन्त्रीलाई ध्यानार्कषण गराएपछि उनले यस्तो बताएका हुन् । गृहमन्त्रीले कुटपिटमा संलग्न रहेका केही प्रक्राउ परेका र अन्यको खोजी भईरहेको बताए । तर गृहमन्त्रीले खजुरामा भएको घटनालाई राजनीतिकरण गरिएको भन्दै आपत्ति जनाए । उनले उक्त घटनालाई राजनीतिकरण नगर्न आग्रह गरे ।

सामाजिक सञ्जालमा खजुरा घटनालाई कम्युनिष्टले कांग्रेसलाई कुटेको भन्ने मनसायका साथ चरित्र हत्या गर्ने काम भईरहेको उनको भनाई छ । उनले यस घटनालाई कम्युनिष्टले कांग्रेसलाई कुटेको भन्ने आशयका साथ नलिन आग्रह गरे साथै सो घटना निकै दुखद भएको पनि बताए । उनले भने “जुन खाले घटना भयो त्यो दुखद हो । घटना भयो झडप हुँदा छुटाउँने क्रममा सभापतिज्यूको हात फ्याक्चर भएको भन्ने कुरा आएको छ । घटना दुखद हो । हामीले प्रशासनबाट गर्ने कारवाही अगाडी बढाईसकेका छौँ । दोषीमाथि कारवाही हुन्छ” ।

खजुरा घटनालाई राजनीतिकरण नगर्न भन्दै गृहमन्त्रीले अगाडी थपे “त्यो कुनै राजनीतिक नभएर नेकपा र कांग्रेस भएर नगरेको हुनाले केही बिषयहरु फेसबुकमा आएको र चरित्र हत्या गर्न । त्यस्तै घटनालाई लिएर यो घटना भएको देखिन्छ” । यता नेपाली कांग्रेसले भने आफुहरुमाथि आक्रमण भएपछि कम्युनिष्टहरुको चरित्र उदांगिएको भन्दै चर्काे आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार