राष्ट्रपतिको बिरोध गर्ने पूर्वडीआईजीसहित १० बढि प्रक्राउ

राष्ट्रपति विद्यादेवी भण्डारी ईन्द्रजात्राको कार्यक्रमका लागि बसन्तपुरमा आउँदा बिरोध प्रर्दशन हुने आशंकामा प्रहरीले १० जना बढिलाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा ईन्द्र जात्रा हेर्न पुगेका पूर्वडीआईजी बिजयराज भट्ट देखि पूर्वमेजर केशव बस्नेत देखि भ्रष्टचार बिरोधी राष्ट्रिय अभियानका हिरण्यमान ताम्राकार पनि रहेका छन् । प्रक्राउ परेका उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

गुठी विधेयकको बिरोध र विधेयक बिरोधी आन्दोलनका अभियन्ताहरुको माग प्रति राष्ट्रपति उदासिन रहेको कारण देखाउँदै उनको कार्यक्रम बहिष्कार गर्ने र बिरोध प्रर्दशन गर्ने सूचना प्रहरीले पाएपछि माथिको आदेशभन्दै धमाधम प्रक्राउ गरिएको हो । प्रहरीले पार्कमा बसिरहेका , बाटोमा हिडिरहेकाहरुलाई पनि प्रक्राउ गरिएको दाबी गरिएको छ । यता प्रहरीले राष्ट्रपतिको बिरोध हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार