विदेशी बुहारी ७ र ज्वाइँ लाई १५ वर्षमा नागरिकता

नागरिकता विधेयकबारे भएको बिवाद अझै समाधान भएको छैन । आज बिहिबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा नागरिकता विधेयकबारे टुंगो नलागेको हो । नागरिकता विधेयकमा बिदेशी बुहारीलाई कति समयमा नागरिकता दिने भन्ने बिषयमा सांसदहरुबीच फरक फरक धारणा आईरहेका छन् । यसबीच आज बसेको समितिको बैठकमा सरकारले बिदेशी बुहारीलाई बिवाहको ७ बर्षपछि अंगिकृत नागरिकता दिने प्रस्ताव गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाली पुरुषसंग बिवाह गर्ने बिदेशी महिलालाई बैवाहिक अंगीकृत नागरिकता ७ बर्षपछि लिने प्रस्ताव गरेका हुन् ।

साथै गृहमन्त्रीले बैठकमा तत्काल राजनीतिक अधिकार बाहेक अन्य अधिकार प्राप्त गर्न तत्कालका लागि परिचय पत्र दिने प्रस्ताव गरे । गृहमन्त्रीको प्रस्तावमा ७ बर्षपछि स्वतः राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता पाउँनेछ । गृहमन्त्रीको प्रस्तावमा सत्तारुढ दलका सांसदहरुले समर्थन जनाएका छन् भने कांग्रेस , राजपा र सामाजवादी पार्टी नेपालका सांसदहरुले पार्टीमा आन्तरिक छलफल गरेर मात्र समितिमा धारणा राख्न सक्ने बताए।

कांग्रेस, राजपा र समाजवादी फोरमले आन्तरिक छलफल गर्न समय मागेपछि समितिको बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ । यता समितिको बैठकमा बिदेशी बुहारीलाई नागरिकताको बिषय उठिरहँदा महिला सांसदहरुले बिदेशी ज्वाईको पनि बिषय उठाएका छन् । उनीहरुले बिदेशी बुहारीले अंगीकृत नागरिकता पाए जस्तै बिदेशी ज्वाईले पनि पाउँनु पर्ने र विभेद गर्न नपाउँने बताएका थिए । तर गृहमन्त्रालयका सचिव प्रेम कुमार राईले भने बिदेशी ज्वाई तत्काल नागरिकता दिन नसकने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार