विहानै बेसार पानी पिउनुका फाइदाहरु…

काठमाडौं । विहान उठ्ने वितिकै मनतातो पानी पिउनु फाइदाजनक छ । यसो गर्दा शरीरमा रहेको विषक्त तत्व हटेर जान्छन् । तातो पानीमा अलिकति बेसार मिसाएर खाए झन् लाभ पु–याउँछ ।

– बेसारमा रहेको तत्वले रुघा, संक्रमणको जोखिम कम गर्छ । त्यसैले बेसार पानी नियमित पिउनुपर्छ ।

– विहान–विहान बेसार पानी खाँदा पाचन प्रक्रियामा सुधार आउँछ ।

– बेसार पानीले रगतमा चिनीको मात्रा बढ्न दिदैन । मधुमेह रोगीका लागि यो एकदमै लाभकारी छ ।

– शरीरमा बोसो बढ्न दिदैन, बेसार पानीले । वजन कम गर्न चाहनेले बेसार पानी खानुपर्छ ।

– बेसार पानी छालाका लागि फाइदाजनक छ । बेसारले प्राकृतिक रुपमा रगत सफा गर्छ । शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार